Comments Add Comment

Advertisment

SKIP THIS

एक वर्षको बच्चा हुन्जेल आमाको दूध चुसाउन सल्लाह

२२ जेठ , काठमाडौ । एक वर्षको बच्चा हुन्जेल आमाको दूध चुसाउन सल्लाह दिइन्छ ।

तर कतिपय महिलाहरुमा दूध नआउने समस्या हुने तथा कतिपय महिलाहरु स्तनपानका लागि अनिच्छुक हुने कारणले गर्दा धेरै शिशुहरुले पर्याप्त समयसम्म स्तनपान गर्न पाउँदैनन् । यही समस्याको समाधान इजरायली वैज्ञानिकहरुले खोजेका छन् । इजरायली वैज्ञानिकहरुले प्रयोगशालामै बच्चालाई खुवाउने आमाको दूध तयार पारेका छन् ।

इजरायलमा बायोमिल्क भन्ने एक स्टार्टअप कम्पनीले प्रयोगशालामै महिलाको स्तनको कोशिकाहरुबाट आमाको दूध उत्पादन गर्न सफल भएको छ ।
कम्पनीका अनुसार प्रयोगशालामा उत्पादित उक्त दूधमा आमाको दूधमै जत्तिको पौष्टिक तत्व पाइन्छ ।

यद्यपि प्रयोगशालामा उत्पादित र आमाको स्तनपानबाट प्राप्त हुने दूधको बीचमा एउटा फरकचाहिँ एन्टीबडीको हुन्छ ।

बायोमिल्क कम्पनीका सह सस्थापक तथा प्रमुख वैज्ञानिक अधिकृत डाक्टर लिला स्ट्रिकल्याण्डले फोर्ब्स पत्रिकासँग कुराकानी गर्दै आफूहरुले उत्पादन गरेको दूध आमाको दूधसँग सबैभन्दा धेरै मिल्दोजुल्दो रहेको बताइन् । उनका अनुसार कम्पनीले उत्पादन गरेको दूधको पौष्टिक तथा बायोएक्टिभ संरचना पनि अन्य प्रडक्टहरुको भन्दा उत्कृष्ट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment