Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोले घर पुरिँदा गाउँपालिका उपाध्यक्ष रविनले गुमाए बुबा,आमा र जुम्ल्याहा बहिनी

१ असार , काठमाडौ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । फक्तालुङ-२ खेजिनिममा गए राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको हो ।

फक्ताङलुङ–२ खेजेनिममा राती घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पहिरोमा परेर बुबा ७१ वर्षीय राम बहादुर लिम्बु, आमा जसमाया लिम्बु र बहिनीहरु १२ वर्षीया गंगा लिम्बुर जमुना लिम्बुको मृत्यु भएको हो ।

जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ । उपाध्यक्ष लिम्बु भने घरबाहिर रहेकाले जोगिएको गाउँपालिका अध्यक्ष राजन लिम्बुले नेपालप्रेसलाई बताए ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यका अनुसार राती २ बजे पहिरो खसेका कारण घरमै पुरिएका हुन् । उनले घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको बताए ।

पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए ।
बुधबार रातिमात्रै ताप्लेजुङकै सिसेवा र सिस्ने खोलामा आएको बाढीले त्यस क्षेत्रमा चारवटा अस्थायी पुल बगाउँदा यातायात अवरुद्ध भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

छोराको कुटपिटबाट बुबाको हत्या

लठ्ठीले हानेर आमाको हत्या, छोरा पक्राउ

गायक रमेश प्रसाई बुबा बने

Advertisment

छुटाउनुभयो कि? सबै

लठ्ठीले हानेर आमाको हत्या, छोरा पक्राउ

गायक रमेश प्रसाई बुबा बने

छोराको कुटपिटबाट बुबाको हत्या