Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश आइपुग्यो

३१ जेठ , काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिम आइतबार राति स्वदेश आइपुगेको छ।

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम तीन खेल्न कुवेत पुगेको नेपाली टिम स्वदेश फर्किएको हो।

नेपाली टिमले कुवेतमा विश्वकप छनोट खेल्नुअघि एसियाको पूर्व विजेता इराकसँग मैत्रीपूर्ण खेल खेलको थियो।

इराकसँगको मैत्रीपूर्ण खेलमा ५-२ गोलले पराजित भएको नेपालले छनोटमा तीन मध्ये एक खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो।

विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाल जोर्डनसँग ३-० र अस्ट्रेलियासँग पनि समान ३-० ले पराजित भएको थियो ।

समूह बी मा ६ अंक जोडेर चौथो बनेको नेपाल एएफसी एसियन कपको तेस्रो चरणमा सिधा पुग्न असफल भएको थियो।

अब नेपालले एसियन कपको तेस्रो चरणमा प्रतिस्पर्धा गर्न प्लेअफ खेल्नु पर्नेछ। प्लेअफ आगामी सेप्टेम्बरमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment