बनेपामा आमा र छोरा मृत फेला -
Comments Add Comment

बनेपामा आमा र छोरा मृत फेला

४ असार, काठमाडौ । बनेपा–११ स्थित सिनागालमा आमा र छोरा मृत फेला परेका छन् ।

पाँचखाल–६ स्थायी घर भई डेरा गरी बस्ने ३० वर्षीया मनीषा कार्की घिमिरे र उनका ६ वर्षीय छोरा युवान मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार मनीषाका श्रीमान् ३३ वर्षीय माधवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आमा र छोरालाई ‘मारेर’ भागेको सूचना आएपछि प्रहरीले माधवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयमा वान्ता गरेका उनले आफूले विष खाएको बताएका थिए ।

कोठाबाट प्यारासिटामोल औषधि बरामद भएको प्रहरीले जनाएको छ । मृतकको पोस्टमार्टमपछि घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment