Comments Add Comment

Advertisment

SKIP THIS

दैलेखको बिन्द्रासैनी नगरपालिकामा महिला झुण्डिएको अवस्थामा मृत फेला

२८ भाद्र काठमाडौ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बेडुखाडा की २७ बर्षीया भावना देवकोटाको झुण्डिएको अवस्थामा शव फेला परेको दैलेख प्रहरीले जानकारी दिएको छ।

उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको टिमीलाको रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको बताइएको हो ।

सोही वडाका वडा अध्यक्ष नारायण रेग्मीले ती महिला २७ गते साँझदेखि हराइरहेको न्युज२४ग्यालेक्सीलाई जानकारी दिए । खोजतलास गर्दा सोमबार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

ती महिलाका पाँच महिनाको एउटा छोरा दुधे बालक र छ वर्षकी एउटा छोरी गरी दुई सन्तान रहेको न्युज२४ग्यालेक्सीलाई जानकारी दिए ।

दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले शवलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल लिने तयारी भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै