Comments Add Comment

काठमाडौँमा एकै दिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारबाही, मापसे गर्ने १३३ जना

३१ जेष्ठ , काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार २२० जना सवारी चालमाथि कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण सोमबार उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने १३३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६० जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लङ्घन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै