Comments Add Comment

मेलम्चीका बाढीपीडितलाई बर्गर हाउसको सहयोग

४ असार, काठमाडौ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरोका कारण पीडित बनेकाहरुलाई खाद्यान्न, सत्ता कपडा आदि सहयोग गर्ने क्रम सुरु भएको छ ।

यही क्रममा बर्गर हाउस टिमले काठमाडौंबाट मेलम्चीका बाढीपीडितलाई करिव ११ लाख बराबरको सहयोग सामाग्री पठाएको छ । अविरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ठूलो भौतिक र मानवीय क्षति पुगेकाले टिमले खाद्यान्न सहयोग गरेको टिमका अभियन्ताले बताए । ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ का संस्थापक वसन्त लामाको संयोजनमा करिव ११ लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको लामाले जानकारी दिए ।

बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुन्ने बित्तिकै आफुले फेसबुक पेजबाट सहयोग संकलन अभियान चलाएको र यस अभियानलाई धेरै सहयोगी व्यक्तिहरुले साथ दिएको लामा ले बताए । लामाको नेतृत्वमा ३०० बोरा चामल, ७० वटा ग्यास सिलिण्डर, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगायत विभिन्न खाद्यान्न सामग्री तथा माक्स, सेनिटाइजर, फेस सिल्ड, पञ्जा आदि स्वास्थ्य सामाग्री संकलन गरेर मेलम्चीतर्फ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment