२९ आषाढ ,काठमाडौ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भएका लालबहादुर घलान र झापा गौरिगञ्जका उदयकुमार कोइराला छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनिहरुलाई सोमबार पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित बन्यजन्तुको आखेटोपहार बेचविखन गर्नेलाई ५ देखि १० वर्ष कैद र १५ वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ ।