२९ आषाढ ,काठमाडौ । वन मुद्दामा फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ घर भएका ५० वर्षीया जिवा चौधरी, ५२ वर्षीय धनबहादुर चौधरी र ६६ वर्षीया गौरी बिक छिन् ।

सर्वोच्च अदालतले २०७४ फागुनमा सामूहिक वन मुद्दामा १ लाख ३८ हजार जरिवाना हुने फैसला गरेको थियो ।

सो फैसला पछि फरार भएका उनिहरुलाई घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।