Comments Add Comment

Advertisment

SKIP THIS

दाङ प्रहरीले ३ लाख बराबरको अबैध खसी सहित २ जना पक्राउ

.(सागर थापा)

३२ साउन ,काठमाडौ ।  जिल्ला प्रहरी प्रहरी कार्यालय दाङले करिब ३ लाख बराबरका ९ वटा खसी सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका १ बनबारे बस्ने ५३ वर्षीय भोजमान बुढामगर र सोही ठाउँका २४ वर्षीय विजय बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताएका छन ।

उनीहरूलाई आइतबार दिउँसो करिब साढे ३ बजेतिर कोइलाबासबाट गढवातर्फ ल्याउँदै गरेका करिब २ लाख ७० हजार मूल्य बराबरका ९ वटा खसी सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गढवा गाउँपालिका ६ स्थित भन्सार छली पैठारी गरी खसी बाख्रा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधार जिल्ला प्रहरी दाङ र इलाका प्रहरी कार्यालय गढवाबाट गएको संयुक्त प्रहरी टोलाई पक्राउ गरेको । साथै, उनीहरु माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी रिजालले जानकारी दिनुभएको छ ।लीले उनीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

आमाको हत्या गरेको अभियोगमा पक्राउ