Comments Add Comment

Advertisment

SKIP THIS

इंग्ल्यान्ड र भारतबीचको अन्तिम खेल कोरोना भाइरसका कारण रद्द

२५ भाद्र काठमाडौ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको पाँचौं तथा अन्तिम खेल कोरोना भाइरसका कारण रद्द भएको छ ।

शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसीसीले जनाएको छ । आईसीसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ ।

हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसीसीले बताएको हो ।

यसअघिका चार टेस्टमा भारतले २–१ को अग्रता बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिँदा भारतले दोस्रो टेस्ट जितेको थियो । तेस्रो टेस्टमा इंग्ल्यान्ड फर्किए पनि भारतले चौथो टेस्ट आफ्नो नियन्त्रणमा राखेको थियो ।

यसअघि भारतले अस्ट्रेलियालाई समेत टेस्टमा पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै