Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरी निरिक्षक रामकृष्ण देवकोटाको संयोजकत्वमा कोटेश्वर वरीपरी सरसफाई अभियान सम्पन्न

२६ भाद्र काठमाडौ । कोटेश्वर ट्राफिक प्रमुख प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले कोटेश्वर, जडिबुटी, विस्तार भएको नयाँ सडकको क्षेत्र आसपासमा सरसफाई साथै सर्बसाधरणलाई माक्स समेत वितरण गरेको बताउनु भयो ।

 

काठमाडौँ महानगरपालिकाभित्र ठोस फोहोर व्यवस्थापनमा कठिनाई भैरहेको सम्बन्धमा नागरिक प्रहरीको सार्वजनिक दायित्वको स्मरण गर्नका लागि सचेतनामूलक अभियान सञ्चालन गरेको देवकोटाले न्युज२४ग्यालेक्सीलाई जानकारी दिनुभयो ।

“देवकोटाका अनुसार” नागरिक र प्रहरी एक सिक्काका दुई पाटा हुन् एक बिना अर्को अपुरो हुने देवकोटाले बताए । देशका हरेक सडकका चोकमा उभिएर सधैं जसो हात हल्लाउँदै ,सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिक प्रहरीहरु शनिबार भने सरसफाइ अभियान गरेको छ ।

शनिबार राजधानीको कोटेश्वर देखि जडिबुटी चोक सम्म ट्राफिक प्रहरीले सरसफाइ सम्पन्न गरेको हो । मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियान र महानगरीय ट्राफिक प्रहरी प्रभागको संयुक्त आयोजनामा आज बिहान काठमाडौ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर चोक देखि जडिबुटी सम्मा सरसफाइ सम्पन्न भएको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर ट्राफिक प्रहरी प्रमुख रामकृष्ण देवकोटाको संयोजकत्वमा मनोहरा सरसफाइ नागरिक अभियान अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो समयमा तपाईंको मास्क खोई ? लगाएतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियोे । कोटेश्वर महानगरीय ट्राफिक प्रहरी प्रमुख बागमती सफाइ अभियान्ता पनि भएकोले स्थानीय सँग यस्तो कार्यक्रममा सहकार्य आगामी दिनमा पनि रहने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै