३१ भदौ , काठमाडौ । भारतीय क्रिकेटर विराट कोहलीले टी–२० क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् । उनले आसन्न टी–२० विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

भारतीय क्रिकेट टिममा कोहली र रोहित शर्माबीच विवाद चलिरहेको रिपोर्टहरु आइरहेका बेला उनले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

कोहलीले टेस्ट र एक दिवसीयको कप्तानी भने नछाड्ने भएका छन् । उनले आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न कप्तानी छाड्न लागेको बताएका छन् । उनले कामको बोज पनि बढी भएको बताएका छन् ।