Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसुर मुद्दामा अर्जुन बुढाथोकी पक्राउ

.(ईश्वर दुलाल)

३१ भदौ , काठमाडौ ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग बैकिङ कसुरमा पक्राउ परेका अर्जुन बुढाथोकी पक्राउ परेका छन् ।

प्रहरीले बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका अर्जुन बुढाथोकीलाई पक्राउ गरेको छ। ३० वर्षीय बुढाथोकीलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले ग्रान्डी (धापासी)बाट पक्राउ गरेको हो ।

रुकुमको साबिक शोभा गाविस–३ का परिवर्तित रुकुम पूर्व जिल्ला सिस्ने गाउँपालिका– ५ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने बुढाथोकीलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेपछि उनी फरार भएका थिए।

बुढाथोकीले काठमाडौंको दरबारमार्गमा रहेको रोयल क्यासिनोमा फ्लस टेबलमा लगानी गरी व्यवसाय गर्दै आएका थिए। सोही क्यासिनोको फ्लस टेबलमा लगानी गर्न भन्दै विभिन्न व्यक्तिबाट १३ लाख ८४ हजार रुपैयाँ लिएको र उक्त रकम फिर्ता गरिदिने भन्दै आफ्नो नाममा रहेको बैंक खाताको चेक काटेर दिएका थिए।

तर, खातामा पर्याप्त रकम नभएको पाइएपछि पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा बुढाथोकीलाई धापासीबाट पक्राउ गरिएको थियोे ।

जतिबेला उच्च अदालत पाटनले बुढाथोकीलाई बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै ४ दिन कैद र विगो बमोजिम १३ लाख ८४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। घटनामा बैंकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनका न्यायधीश निलम पौडेलको इजलासले १८ फागुन २०७७ मा बुढाथोकीलाई कैद तथा जरिवाना ठहर गरेको हो।

स्रोतका अनुसार बढाथोकीले विभिन्न व्यक्तिबाट ८६ लाख २० हजार रुपैयाँ ठगी गरेका छन्। उनले उक्त रकम फिर्ता गरिदिने भन्दै आफ्नो नाममा रहेको बैंक खाताको चेक काटेर दिने र पछि फरार हुने गरको पाइएको छ।

पक्राउ परेका बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको एसएसपी सिहंले बताए। बुढाथोकी केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौंको जिल्ला संयोजक समेत हुन्।

माधवकुमार नेपाल अध्यक्ष रहेका नेकपा समाजवादी पार्टी निकट युवा संघले गठन गरेको संगठन हो ‘पिपुल्स भोलेन्टियर’।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment