Comments Add Comment

Advertisment

SKIP THIS

सेयर बजारमा सुधार : १३ कम्पनीको कारोबारमा सकारात्मक ‘सर्किट’

२० असोज , काठमाडौ । लगातार घट्दै आएको सेयर बजार बुधबार सुधारिएको छ ।

बिहीबार सार्वजनिक बिदा परेकाले यो साता सेयर कारोबार बुधबार नै बन्द भएको छ । तीन दिनपछि खुल्ने गरी बन्द भएको बजार परिसूचक नेप्से ६८.४७ अंकले बढेर २६ सय ८१ अंकमा पुगेको छ ।

बुधबार दिनभरीमा २२७ कम्पनीको कारोबार हुँदा साढे ४ अर्बको कारोबार भएको छ । कारोबार भएका सबै उपसूचक बढेका छन् । निर्जीवन बीमा समूह ४०७ अंकले बढेको छ भने लघुवित्त २९६ र जीवन बीमा २५७ अंकले बढेको छ । विकास बैंक २२४ अंकले उक्लिएको छ ।

१३ कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ । बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास लघूवित्त, नयाँ सारथी, मिथिला लघुवित्तलगायतको सेयरमा पोजेटिभ ‘सर्किट’ लागेको छ ।

साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन बढ्दा लगानीकर्ताहरु उत्साहित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै