Comments Add Comment

Advertisment

SKIP THIS

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु : ६ जना घाइते

१० कार्तिक ,काठमाडौ । सिरहाको धनगढीमाई नगरपालिका–५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  

घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment