Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं आउँदै गरेको ट्रकको ठक्करबाट छोरीको मृत्यु, घाईते आमाको कस्तो छ अवस्था ?

९ मंसिर काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्।

विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका १ नलाङकी ११ वर्षीय कृपा अर्यालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेस रिमालले न्यूज२४ग्यालेस्सीलाई जानकारी दिए  ।

दुर्घटनामा घाइते मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै