
९ मंसिर, काठमाडौ । दुधौली नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कुमार बस्नेतको मोटरसाईकल दुर्घाटनामा परि निधन भएको छ। बिहिबार अपरान्ह साढे १२ बजे उनको निधन भएको हो।


पश्चिम बाट पुर्ब तर्फ गैरहेको ना ३ ख ३१४९ नं को बसले सोही दिशा तर्फ गैइरहेको प्र २-०१-००१ प ०२९१ नं को बस्नेतको मोटरसाईकल लाई पुर्ब पश्चिम लोकमार्ग अन्तर्गतको सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसाहामा ठक्कर दिई घाईते बनाएको थियो।

घाईते बस्नेतलाई सिराहाको सप्तरिऋी अस्पताल पुरयाइएको थियो त्यहाँँ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । बस चालक फरार छन भने मोटरसाईकल र बस ईलाका प्रहरी कार्यलय कडोरबनाको नियन्त्रणमा छ। दुर्घाटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
बस्नेत नेपाली कांग्रेस दुधौली नगरका पुर्ब सभापति एबं दुधौली नगरपालिका बार्ड नं ७ का नेपाली काग्रेसबाट निर्बाचित वडा अध्यक्ष थिए। बस्नेत सबै जनताको मन जित्न सफल भएका एक कुशल राजनितीज्ञ थिए।





