१० मंसिर काठमाडौ । चितवनमा एमाले महाधिवेशन उद्घाटन हुँदै गर्दा त्यसको असर काठमाडौंमा देखिएको छ।

एमाले महाधिवेशनका लागि सवारीसाधनको चाप बढेपछि प्रहरीले काठमाडौंमा सवारीसाधन ‘होल्ड’ गरेको हो।

धादिङ खानीखोलाबाट सवारीसाधन पास हुन नसकेपछि थानकोटमा सवारीसाधन ‘होल्ड’ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जाम अत्यधिक भएपछि थानकोटमा सवारीसाधन केही समयका लागि ‘होल्ड’ गर्नुपरेको जानकारी न्युज२४ग्यालेस्सी लाई दिए।
‘धादिङ खानीखोलामा अत्यधिक जाम भएर सवारीसाधन आउन जान सकिरहेका छैनन्, त्यो जाम हट्ने वित्तिकै यहाँ होल्ड गरिएका सवारीसाधन छुट्छन्,’ उनले भने।






