२३ जेठ , काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रदेश-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेशसभाको बजेट अधिवेशनको अघिल्लो दिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायम थियो । तर आइतबारबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि प्रदेश १ को सत्ता समीकरणमा कुनै असर पर्ने छैन् । प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ ।
१५ दिन अगाडि प्रिबजेट छलफल गर्नुपर्ने कानूनी व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गरेपछि सरकारले बोलाएको बजेट अधिवेशन सोमबार दिउँसो २ बजे बजे बस्नेछ । ९२ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेसँग ५१, नेपाली कांग्रेसको २१ र माओवादी केन्द्रका १५ र जसपासँग ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा माओवादी केन्द्रले एकजनालाई पदबाट हटाएको छ ।