Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्र टोखा नगरको नगर सम्मेलन सम्पन्न

१२ मंसिर , काठमाडौ । माओवादी केन्द्र टोखा नगरको नगर सम्मेलन सम्पन्न भएको छ।

शनिबार एक समारोहका बीच सम्मेलन सम्पन्न भएको हो। सम्मेलनको उद्घाटन भर्चुअल माध्यमबाट माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

टोखा नगरपालिका वडा नम्बर ३ स्थित सद्भाव पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष तथा केन्द्रिय अध्यक्ष हिमाल शर्मा, वाग्मती प्रदेश सदस्य कल्पना शर्मा, रबि गौतम, काठमाडौं जिल्ला सदस्य दिपेन्द्र लामिछाने लगायतको उपस्थिति रहेकोे थियोे।

सो सम्मेलनले ६५ सदस्य कमिटी गठन गरेको छ। यद्यपि अन्य मूल पदाधिकारी चयन भने हुन नसकी कार्यक्रम स्थगित भएको छ। मूल पदाधिकारी केही दिनमा टुंगो लाग्ने काठमाडौं जिल्ला कमिटी सदस्य तथा युवा नेता दिपेन्द्र लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै