Comments Add Comment

Advertisment

SKIP THIS

१ अर्ब घट्यो सेयर बजार : दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

१४ मंसिर , काठमाडौ । मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ ।

मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । परिसूचक नेप्से भने जम्मा १।६ अंकले घट्यो । सो अंकको कमीसँगै नेप्से २६२८ अंकमा कायम भएको छ ।

बैंकिङ ६, ब्यापार २२, होटल तथा पर्यटन ४, उत्पादन ५१, माइक्रोफाइनान्स १० र जीवन बीमा उपसमूह ६९ अंकले घटे । विकास बैंक ४०, जलविद्युत ११, फाइनान्स ८, निर्जीवन बीमा ९६ र अन्य उपसमूह १४ अंकले बढे । समग्रमा ८६ कम्पनीको मूल्य घट्यो भने ८९ कम्पनीको बढेको छ । १४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

दुई कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । सामलिङ पावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । यी दुबै कम्पनी हालै सूचीकृत हुन् । आजको कारोबारपछि सामलिङको मूल्य प्रतिकित्ता ४१९।५० तथा न्यादीको ३४१।५० पुगेको छ । बजारको कुल पुँजीकरण ३६ खर्ब ९५ अर्ब कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै