Comments Add Comment

Advertisment

SKIP THIS

साकेला उधौली सुरु

४ पुष काठमाडौ । प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ ।

किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ ।

पन्ध दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा\धामीहरुले आज प्रकृतिको पूजा आराधना गरी पर्वको सुरुवात गरिएको छ ।

किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रुपमा सुरु गरिने उधौलीका अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत गरिने भएको छ ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरिन्छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै