Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै

७ पुष काठमाडौ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक बसेको छैन ।

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई, विवेकशील साझाका तीन गरी कूल १०९ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment