Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँमा पाँच दिनदेखि महिला सम्पर्कविहीन

१४ पुष काठमाडौ । जिल्लाको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन्।

यही पुस १० गते चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

उनका श्रीमान् लक्ष्मणले श्रीमतीको मोबाइलसमेत अफ रहेको बताए । सम्पर्कविहीन भएपछि उनको खोजवीनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ।

थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment