Comments Add Comment

Advertisment

SKIP THIS

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउदैछ

१४ पुष काठमाडौ । सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ रु त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्।

त्यस्तै, ६ लघुवित्त, २ बिमा र २ अन्य कम्पनी पनि आइपिओ निष्कासनको तयारीमा छन्।यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ।

सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।पाइपलानमा रहेका ती कम्पनीले बोर्डबाट अनुमति पाउनेबित्तिकै आइपिओ निष्कासन गर्नेछन्। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ।

आइपिओ निष्कासनको पाइपलाइनमा रहेको सयपत्री हाइड्रोपावरले नौ करोड रूपैयाँको नौ लाख कित्ता प्राथमिक सेयर जारी गर्न खोजेको छ।त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रबन्धक समेत छनोट गरिसकेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले उक्त कम्पनीले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार दुई सय ५० कित्ता आइपिओ जारी गर्ने तयारी गरेको छ। यसले १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको आइपिओ जारी गर्दैछ।राप्ती हाइड्रोपावरले २९ लाख ४१ हजार चार सय १० कित्ता आइपिओ जारी गरेर २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै