Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तुमा राष्ट्रपति भण्डारी

१६ मंसिर ,काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाणगंगा नगरपालिका-२, नन्दनगरस्थित कैलाश आश्रममा पूजाआजा गरेकी छन् । राष्ट्रकल्याण २७ औं ज्ञानमहायज्ञमा सहभागी हुन उनी कपिलवस्तु आएकी हुन् ।

उनले नेपालमै सबैभन्दा अग्लो बनाउन लागिएको कैलाश विश्वनाथ ज्योर्तिलिंगको शिला पूजा पनि गरिन् ।

१ सय २७ फिट अग्लो ज्योर्तिलिंगको करिब १० करोडको लागतमा बनाउन लागिएको छ । त्यस्तै, उनले आश्रममा निर्मित अष्टचिरिन्जीवी महाकुण्ड अनावरण गरिन् । उक्त अवसरमा आश्रममा २७ विद्यार्थी बटुकबाट स्वस्ति वाचन गरिएको थियो ।

हेलिकप्टरबाट आएकी राष्ट्रपति भण्डारी एक घण्टा पूजाआजा र मन्तव्य राखेर लुम्बिनी फर्केकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment