Comments Add Comment

Advertisment

SKIP THIS

रुसले बनायो सबैभन्दा गह्रुँगो सुपरसोनिक लडाकु विमान


३ माघ काठमाण्डौँ । रुसको टुपोलेव पब्लिक जोइन्ट स्टक कम्पनीको टीयूू–१६०एम बम्बर सुपरसोनिक लडाकू विमानले पहिलो पटक उडान भरेको छ । यो संसारको सबैभन्दा गह्रुँगो सुपरसोनिक विमान हो । यो मिसाइल हमला गर्न पनि सक्षम छ । रुसी सेनाको पाइलटले यसको उपनाम ‘ह्वाइट स्वान’ अर्थात् सेतो हाँस राखिएको छ ।

३० मिनेटसम्म भयो उडान

रुसी संचार माध्यम रोसटेकले एक प्रेस वक्तव्य जारी गर्दै भनेको छ, ‘जनवरी १२ मा पहिलो पटक विकसित गरिएको टुपोलेभ टीयू–१६० एम स्ट्र्याटेजिक मिसाइल क्यापाबिलिटीले टुपोलेभ सब्सिडियरी कजान एभियसन इन्टरप्राइजबाट उडान भरेको छ ।’

लडाकुु विमानले ६०० मीटरको उचाइमा ३० मिनेटसम्मको उडान भरेको थियो । यसमा जडित उपकरण ८० प्रतिशतसम्म आधुनिक र अपग्रेडेड छ । यो परमाणु र अन्य पारम्परिक हतियार भन्दा पनि टाढाको क्षेत्र सम्म हमला गर्न सक्षम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै