Comments Add Comment

Advertisment

SKIP THIS

एआईजी थापाद्वारा धन्यवाद र शुभकामना सहित एसएसपी भूपेन्द्र खत्रीको बिदाई

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख एआईजी दिपक थापाको प्रमुख आतिथ्यतामा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग सरुवा भई कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।

बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै एआईजी थापाले विदाई भएर जानु भएका एसएसपी भूपेन्द्र खत्रीले जिल्ला प्रहरी परिसर, काठमाण्डौको कार्यालय प्रमुखको रुपमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । साथै सङ्गठको श्रीबृद्दिका खातिर निरन्तर लागिरहन निर्देशन समेत दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै