Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी


५ माघ , काठमाडौँ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गरेका हुन् ।

आदेश नमान्ने र त्यसको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ । माघ मसान्तसम्म सभा, भेलाजस्ता भीडभाड हुने कार्यक्रम नगर्न, मठमन्दिर तथा धार्मिकस्थलमा नित्य पूजामात्रै सञ्चालन गर्न, यही माघ १५ गतेसम्म शैक्षिक संस्था भौतिकरूपमा सञ्चालन गर्न नपाइने, पठनपाठन भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाएर गर्नेलगायत बुँदा सो आदेशमा समाहित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै