Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय सभाका पूर्वसदस्य लक्ष्मीदासको निधन


७ माघ , काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय सभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो । मानन्धर २०५८ सालमा तत्कालिन नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा सदस्य बनेका थिए । उनी एमालेको जनसंगठन राष्ट्रिय उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मानन्धरको निधन प्रति शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।‘हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० का केन्द्रीय सल्लाहकार, राष्ट्रिय सभाका पुर्वसदस्य एवं वरिष्ठ समाजसेवी कमरेड लक्ष्मीदास मानन्धरको निधन भएकोले उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ नेपालले शोक सन्देशमा उल्लेख गरेका छन् ।

मानन्धर राजनीतिक, सामाजिक तथा व्यवसायिक कार्यमा कृयाशील रहेको र नेपालको कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान गरेको चर्चा गर्दै उनले नयाँ पुस्ताका लागि पनि प्रेरणाको श्रोत भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै