Comments Add Comment

Advertisment

SKIP THIS

युवकले प्रेमिकाकी आमालाई किड्नी दान गरे, महिना नबित्दै प्रेमिका अर्कै केटासँग टाप

११ माघ , काठमाडौँ । एक प्रेमीले प्रेमिकाकी आमालाई मृगौला दान गरे । तर प्रेमिकाले भने त्यसको एक महिना नबित्दै धोका दिएकी छिन् । धोका यहाँसम्म कि ती युवतीले आफ्नी आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् । घटना मेक्सिकोको हो । ती प्रेमी (युवक) मेक्सिकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त रहस्य सामाजिक सञ्जाल टिकटकबाट खुलासा गरेका छन् । उनले भोगेको यो घटनाबारे बेलायती पत्रिका द सनले पनि स्टोरी छापेको छ ।

युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले उनको आमालाई मृगौला दान गरेँ, उनले मलाई छोडिन् । र, एक महिनापछि विवाह गरिन्।’उनले सोफामा सुतिरहेको बेला निराश हुँदै आफूलाई भिडियोमा कैद गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरुको लहर नै चलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै