Comments Add Comment

Advertisment

SKIP THIS

हेटौंडाबाट अवैध लागूऔषध गाँजा सहित पक्राउ

२१ माघ, काठमाडौं । प्रहरीले हेटौंडा उपमहानगरपालिका-३ तिनताप्के बस्ने ३१ वर्षीय ईश्वर लामालाई करिब ४१ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा घरभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै