२५ माघ , काठमाडौ । नेपाली सेनामा रिक्त रहेको विभिन्न ट्रेडका प्राविधिक पदिक, बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदका उम्मेदवारहरुको कोभिड-१९ संक्रमणको कारण स्थगित भएको लिखित परीक्षाको मिति सार्वजनिक भएको छ ।
मिति २०७८/०५/३१ गतेको विज्ञापन र मिति २०७८/०६/०८ गतेको आन्तरिक परिपत्र अनुसार विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, पुजारी हुद्दा र अमल्दार कर्मचारी पदका उम्मेदवारहरुको लिखित परीक्षा संचालन हुने भन्दै नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले सूचना प्रकाशन गरेको हो ।
यस्तो छ सूचना:






