Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले नुवाकोटका नवराज ढुंगानालाई हुन्डीको ७० लाख नगदसहित पक्राउ

२६ माघ , काठमाडौं । प्रहरीले काठमाडौंबाट मंगलबार अवैध ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रूपमा आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा नुवाकोटका २९ वर्षीय नवराज ढुंगानालाई ७० लाख नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ढुंगानालाई बालाजुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ढुंगानालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको जनाइएको छ । उनले जापानमा बस्ने प्रज्वल ढुंगानामार्फत हुन्डी कारोबार गर्ने गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै