Comments Add Comment

Advertisment

SKIP THIS

बेचिएकी महिलाको पाँच महिनापछि उद्धार

२६ माघ , काठमाडौं । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर ल्याएको छ ।

सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताए ।

‘सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ’, संयोजक भट्टले भने, ‘घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाईफकाइ भारत लगेको देखिन्छ ।’

उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताए । माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment