Comments Add Comment

Advertisment

SKIP THIS

मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

२६ माघ , काठमाडौं । राष्ट्रिय एकता अभियान जनकपुरले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । सरस्वती पूजाको मूर्ति विसर्जनको क्रममा रौतहटस्थित इशनाथ नगरपालिकामा हिन्दु समुदायमाथि हमला गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

जनकपुरस्थित जनक चोकमा भएको विरोध प्रदर्शनमा मूर्ति विसर्जनका क्रममा भएको आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको थियो। अभियान जनकपुरका संयोजक मनीष हिन्दूको नेतृत्वमा भएको प्रदर्शनमा आक्रमणमा जिहादीको हात रहेको भन्दै तत्काल कारवाहीको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment