Comments Add Comment

Advertisment

SKIP THIS

लेखक तिलकप्रकाश ८७ वर्षमा पनि लेखन कार्यमा सक्रिय

९ फागुन, काठमाण्डौं भक्तपुरका लेखक तिलकप्रकाश कायस्थको नयाँ पुस्तक सार्वजनिक छ । उनी हाल उमेरले ८७ वर्षको भइसकेका छन् । यो उमेरमा पनि कायस्थ दैनिक १० घण्टा भन्दा बढी अध्ययन र लेखनमा सक्रिय छन् । उनले हालसम्म १३ वटा पुस्तक प्रकाशन गरिसकेका छन् । पहिलो प्रकाशित कृति योमरि (उक्ति संग्रह) हो जुन २०३५ सालमा सार्वजनिक भएको थियो ।

केही समयपछि शहीदहरुको गाथालाई समेटेर उनी १४ औं पुस्तक प्रकाशन गर्ने तयारीमा छन् । कायस्थको पछिल्लोपटक सार्वजनिक भएको १३ औं कृति झुक्न नजानेका राष्ट्रवादी नेता वीपी कोइराला हो । वीपी कोइरालाका जिन्दगीका विभिनन् समयहरुलाई समेटेर उक्त पुस्तक प्रकाशन गरिएको लेखक कायस्थले जानकारी दिए ।

उनको यो पुस्तकमा भारत र नेपालको बीचमा रहेको सम्बन्ध र वीपीको विषयमा पुस्तकका धेरै कुरा समेटिएको छ । यो पुस्तकको प्रकाशकमा रञ्जन, हिसिला र प्रशान्त कायस्थ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै