७ साउन , काठमाडौँ । जिल्लाको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार आज सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो । दहमा पौडी खेल्न गएका विकको कमलकाे फूल टिप्ने बेला डुबेर मृत्यु भएको हो ।
विकलाई जिल्ला अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


