Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी

१३ फागुन , काठमाडौं । तीन दशकअघि खोटाङमा भएको कर्मचारी आन्दोलनमा सहभागी हुँदा जागिरबाट निकालिएका चार कर्मचारीलाई सम्मान गरिएको छ ।

२०४८ साउन १५ मा नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकारविरुद्ध निकालेको जुलुसमा सहभागी भएपछि उनीहरूलाई जागिरबाट निकालिएको थियो ।

बर्खास्तीमा परेका नासु रामकाजी खत्री, चन्द्रप्रसाद आचार्य, रामविक्रम थापा र चित्रकुमार बजिमयलाई शुक्रबार सम्मान गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति खोटाङको ११ औँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा उनीहरूलाई संगठनका केन्द्रीय सहसंयोजक लेखनाथ कोइराला र प्रदेश १ की पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै