३३ लाख ठगेको आरोपमा कन्सलटेन्सी सञ्चालक शिवाकोटीलाई प्रहरीले पक्राउ -
Comments Add Comment

३३ लाख ठगेको आरोपमा कन्सलटेन्सी सञ्चालक शिवाकोटीलाई प्रहरीले पक्राउ

काठमाडौँ । ठगीमा संलग्न आरोपमा प्रहरीले एकजना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका–४ घर भएका ३३ वर्षीय रामशरण शिवाकोटी छन् ।

उनी मिराकल कन्सलटेन्सीका सञ्चालक हुन् । युनिसा आलेमगर समेतलाई वैदेशिक रोजगारीमा पठाउँछु भनेर आरोपीले ३३ लाख २ हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

अजरबैजान जान ‘प्रतिव्यक्ति १३ लाख लाग्छ’ भनेर अरोपीले ३ जना पीडितबाट ३३ लाख ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

रकम लिएपछि फरार भएका उनि लामो सयमदेखि भारतमा लुकेर बसेका थिए । आरोपीलाई कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै