Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल सुपर लिग : मुख्य प्रशिक्षकमा बाल गोलपाल नियुक्त

१९ फागुन , काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टिम काठमाडौँ रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा काठमाडौँले एनएसएलको दोस्रो संस्करणका लागि बाल गोपाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।

यस्तै काठमाडौँले गोलरक्षक विकेश कुथुसँग मार्की खेलाडीको रुपमा सम्झौता नविकरण गरेको छ । पहिलो संस्करणको उपाधि काठमाडौँले जित्दा विकेश कप्तान र बाल गोपाल नै प्रशिक्षक रहेका थिए । पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले सम्पूर्ण टिम उपाधी जित्ने लक्ष्यका साथ तयारी गर्ने बताए।

त्यस्तै मार्की खेलाडी विकेश कुथुले यसपटक पनि आफ्नो टीमले नै उपाधी जित्नका लागि सम्पूर्ण शक्ति लगाउने बताए।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौँमा हुनेछ ।

पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो भने उपाधी काठमाडौँ रेजर्सले नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै