Comments Add Comment

Advertisment

SKIP THIS

विद्यालय जान घरबाट हिडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

२० फागुन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट सम्पर्कविहिन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् । यही १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए ।

एसएसपी गिरीका अनुसार बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ गते बिहान  विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्वस्थित ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको काठमाडौं प्रहरी परिसरले आज एक सूचना जारी गरी जनाएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै