Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीले चुनावपछि मात्र पदाधिकारी चयन गर्ने

२३ फागुन , काठमाडौ । राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक आज बसेको हो । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने स्रोतले बतायो । अहिले माओवादी केन्द्रमा प्रचण्ड एकल अध्यक्ष छन्। अरू सबै केन्द्रीय सदस्य मात्रै हुन्।

महाधिवेशन सकिएको भोलिपल्ट पुस १९ गते प्रचण्ड अध्यक्ष चयन भए पनि अरू पदाधिकारी चयन भएका छैनन्। कुन पदमा कति जना रहन्छन् भन्ने पनि माओवादीले टुंगो लगाउन सकेको छैन।

महासचिवमा विवाद चर्को देखिएपछि अरु पदमा समेत चयन गर्न हम्मेहम्मे परेको हो । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि मात्रै यी विषयमा छलफल गर्ने गरी केन्द्रीय कमिटीको बैठक आज सम्पन्न गर्न लागेको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment