Comments Add Comment

Advertisment

SKIP THIS

१ करोड ५० लाखसहित पक्राउ परेका व्यक्ति सार्वजनिक

२३ फागुन , काठमाडौ । प्रहरीले काठमाडौंको बाफल क्षेत्रबाट आइतबार बेलुका १ करोड ५० लाख रुपैयाँ नगदसहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ। पक्राउ परेकाहरु हुण्डी कारोबारी हुनसक्ने प्रहरीले जानकारी दिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल क्षेत्रबाट अमित अग्रवाल र बिक्की खड्गीलाई १ करोड ५० लाख रुपैयाँसहित पक्राउ गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरका अनुसार पक्राउ परेका बिक्की खड्की नेपाली नागरिक हुन् भने अमित अग्रवाल भारतीय नागरिक हुन्।

उनीहरू नक्कली गरगहनाको कारोबारमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको एसएसपी कुँवरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै