काठमाडाैं २७ फागुन । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निस्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हे.क्वा, श्रीअन्तु इलामको नवनिर्मीत भवनको २०७८ फागुन २५ गते बुधबार उद्घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिएका छन् ।
सोही दिन महानिरीक्षक खनालले नम्बर ३८ रिजर्भ गण हे.क्वा, लखनपुर झापाको समेत उद्घाटन गर्दै फौजको गहना भनेको अनुशासन भएकोले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखि संगठन र राष्ट्रप्रति ईमान्दार, बफादार, नैतिकवान, अनुशासित र उच्च समर्पणभावका साथ आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिएका छन् ।
कोभिड–१९ नियन्त्रण र रोकथाममा संगठनले हाँसिल गरेको सफलता फिल्डमा तैनाथ राष्ट्रसेवक कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताउदै महानिरीक्षक खनालले आगामी दिनमा समेत अविचलित रही राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिएका छन् ।
संगठनका सकलदर्जाले देखाएको ईमान्दारीता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता, उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गर्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भए पश्चात राजश्व संकलनमा बृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको र समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महशुस गरेको बताए । राष्ट्रसेवक कर्मचारीहरु ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुलेदेखि दार्चुलाको छाङ्गरुसम्म अहोरात्र तैनाथ भईरहेको र विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेकोमा प्रसंशा समेत महानिरीक्षक खनालले गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्ला स्थित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
निर्वाचनको लागि मानसिक र शारीरिक रुपले तयार रहन आइजीपी खनालको निर्देशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
४
५
तारकेश्वरमा The Uncounted Youths र Anahata Nepal को संयुक्त युवा अन्तरक्रिया सम्पन्न
२०८३ बैसाख २६ गते , शनिबार
६
तारकेश्वरकी महिलाको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला, हत्या स्वीकार्दै आरोपी पक्राउ
२०८३ बैसाख २२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment



