Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको १९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

२७ फागुन , काठमाडौ ।  मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थानाक्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसादलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं एसपी ध्रुव कार्कीका अनुसार भारतीय बजार बाट ठुलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा गएको टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएको अवस्थामा उक्त रकम बरामद भएको हो ।

बरामद रकम सहित भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment