१७ चैत , काठमाडौं । बाग्लुङको ग्वालिचौरमा अमेरिकन पेस्तोल, त्यसको म्यागजिन र ४ राउण्ड गोलीसहित एक व्यक्ति पक्राउ परेका छन् । श्यामबहादुर रेस्मी नामक व्यक्तिलाई प्रहरीले उल्लेखित हतियारसहित रंगेहात पक्राउ गरेको प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए ।

एसपी दयानिधि ज्ञवालीले जिल्लाको कमाण्ड सम्हालेको छोटो अवधिमै बाग्लुङमा अवैध क्रियाकलाप तथा आपराधिक कर्ममा लागेकाहरुको खोजी तथा नियन्त्रणमा लिएर अनुसन्धान गर्ने प्रहरी क्रियाकलापले तीव्रता पाएको छ भने अपराधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । यसै क्रममा बुधबार बिहान रेश्मी पक्राउ परेका हुन् ।
चार वर्षअघि पनि हतियार केशमा जेल बसेर छुटेका अभियुक्त्त हुन् । उनका विषयमा सुराकीले सूचना दिएपछि एस्पी ज्ञवालीले निगरानी बढाएका थिए । ज्ञवाली स्वयम् समेत संलग्न आफै ग्वालीचौर पुगेर प्रहरी सहायक निरक्षक गुरुप्रसाद न्यौपानेको कमाण्डमा सादा पोशाकका ५ प्रहरीले हतियार सहित रेश्मिलाई पक्राउ गर्न सफल भएको हो ।






