Comments Add Comment

Advertisment

SKIP THIS

जलवायु परिवर्तनको असर घटाउन कार्ययोजना निर्माण गर्नुपर्ने

२५ चैत , काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरू निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा डब्लूएचओले विश्वका सरकारहरूलाई सो आग्रह गरेको हो । विज्ञप्ति जारी गर्दै डब्लूएचओले जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन समेत आग्रह गरेको छ ।

मानिसको स्वास्थ्यमा पृथ्वीमा बढ्दो तापक्रमले के कस्तो असर गरिरहेको छ भन्ने बारेमा पनि सोच्नुपर्ने अवस्था रहेको डब्लूएचओको भनाइ छ ।

‘जलवायु संकट भनेकै स्वास्थ्य संकट हो र विश्वमा हरेक वर्ष कम्तीमा पनि ७० लाख मानिसको वायु प्रदुषणका कारण मृत्यु भइरहेको छ’ भन्दै यस विषयमा संवेदनशील हुनुपर्ने सो संस्थाले जनाएको छ ।

विश्वमा अहिले पनि ९९ प्रतिशत मानिसहरूले अस्वस्थ हावामा सास फेर्नुपर्ने अवस्था रहेको भन्दै नागरिकको स्वास्थ्यमा सुधार ल्याउन तथा वातावरणीय सन्तुलन कायम गर्न जलवायु परिवर्तनका कारकहरुको खोजी गरेर तिनमा कटौती गर्ने कार्यक्रमहरू ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै