Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचक ८० अंकले घट्यो

२६ चैत , काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २५ सय ४४ अंकबाट सुरू भएको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा २४ सय ६४ अंकमा आइपुगेको हो । यसक्रममा यो साता नेप्सेमा ९ अर्ब ८३ करोड ४१ लाख रुपैयाँ बराबरको २ करोड २३ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ ।

जुन, अघिल्लो साताको तुलनामा २७ प्रतिशतको गिरावट हो । अघिल्लो साता १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजार परिसूचक करिब ८० अंकले खुम्चिँदा लगानीकर्ताले १ खर्ब १३ अर्ब ५१ करोड रुपैयाँ गुमाएका छन् । लगानीकर्ताले उक्त रकम गुमाएसँगै गत साताको अन्तिम कारोबार दिन ३६ खर्ब १२ अर्ब २७ करोड रहेको बजार पूँजीकरण घटेर ३४ खर्ब ९८ अर्ब ७६ करोड रुपैयाँमा आइपुगेको हो ।

यो साता नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाएको नेप्सेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै